७ कार्तिक २०८३, शनिबार

एमालेलाई डोल्पाबाट आयो खुशीको खबर, गाउँपालिका अध्यक्षसहित ६ वडा अध्यक्ष निर्विरोध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, १२ वैशाख । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने आज अन्तिम दिन जिल्ला भरी शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।

जिल्लाभरी मनोनयन दर्ता गर्ने क्रम कतै सकिएको छ भने कतै लाइनमा लागेकाहरुको मनोनयन भैरकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाको निर्वाचन कार्यालय साल्दाङका अनुसार शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेको तर्फबाट धावा सम्दुक गुरुङ एक जनाको मात्र मनोनयन दर्ता भएको छ ।

त्यसैगरी वडा नं. १ को वडा अध्यक्षमा जिग्मे छोइङ् नोर्वु लामा, वडा नं. ३ को वडा अध्यक्षमा पेमा ग्युर्मे गुरुङ, वडा नं. ५ को वडा अध्यक्षमा कार्मातार्के गुरुङ, वडा नं. ६ को वडा अध्यक्षमा रिन्जिन गुरुङ, वडा नं. ७ को वडा अध्यक्षमा पेमा छिरिङ गुरुङ र वडा नं. ९ को वडा अध्यक्षमा लार्के लामा एमालेका तर्फबाट वडा अध्यक्षसहित यी सबै वडाका वडा सदस्यहरु समेतमा एमालेको तर्फबाट मात्र मनोनयन दर्ता भएको जनाइएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा र यी १, ३, ५, ६, ७ र ९ नं. वडामा वडा अध्यक्ष र सदस्यहरुमा विरोध नपरेकाले सबै पदमा निर्विरोध भएको छ । निर्विरोध भएको घोषणा भने तोकिएको समयमा हुने जनाइएको छ ।

उता जगदुल्ला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष र सबै वडाहरुको सबै पदमा एक भन्दा बढि उम्मेद्वारहरुको मनोनयन परेको जगदुल्ला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित

https://www.dainiknepal.com.np/2022/04/553375.html

https://www.dainiknepal.com.np/2022/04/553392.html