
काठमाडौँ, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेसका ३ जनाबाट गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ ।
सोमबार कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले पनि मेयरमा उम्मेदवारी दर्ता गरेसँगै बागी उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।
सत्तारुढ गठबन्धनबीचको चुनावी तालमेलमा नेकपा एकीकृतलाई पोखराको मेयर पदको उम्मेदवार दिने सहमति भएपनि कांग्रेसका असन्तुष्ट नेताहरुले बागी उम्मेदवारी दिएका हुन् ।
तिवारी देउवा समूहकै नेता हुन् ।















प्रतिक्रिया