७ कार्तिक २०८३, शनिबार

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छौँः केशव स्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । नेकपा (एमाले)बाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले सत्तारुढ गठबन्धनभन्दा दोब्बर मत ल्याएर आफूहरुले निर्वाचन जित्ने बताएका छन् ।

सोमबार उम्मेदवारी दर्ता गराएका स्थापितले यस्तो बताएका हुन् ।

स्थापितले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताउँदै यसपटक पनि त्यसरी विजयी हुने बताए ।

स्थापितसहित उपमेयरकी उम्मेदवार सुनिता डंगोल र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।