
काठमाडौं, १३ वैशाख। काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार ३५ जना पुगेका छन्। यी ३५ जना मध्य धेरैले फिर्ता लिने सम्भावना कम रहेको छ। २१ दलले उम्मेदवारी दिएका छन्।
काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको हो।
स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई सोचनिय असर गर्ने पक्कापक्की छ। अघिल्लो चुनावको ट्रेडमार्कले पनि यस्तो देखाउँछ। अघिल्लो चुनावमा काठमाडौं महानगरपालिकामा किशोर थापा र रञ्जु दर्शनाले ठूलो मत ल्याएका थिए। जसका कारण एमालेलाई जित निकाल्न सजिलो भएको विश्लेषण गरिएको छ।
नयाँ मतदाताले स्वतन्त्र मध्यका चर्चितलाई मत दिन सक्ने आँकलन गरिएको छ। स्वतन्त्रबाट बालेन शाहको मत बलियो आउन सक्ने पनि अनुमान गरिएको छ।
‘नयाँ मत पनि थपिएको र त्यो दलका उम्मेदवारका लागि अनुकूल नहुन सक्छ’, एक जना पूर्वनिर्वाचन आयुक्त भन्छन्,‘काठमाडौंका जनताको मनोविज्ञान परिवर्तित भएका कारणले दलका उम्मेदवारले जित्लान् तर स्वतन्त्रले हानिचाहिँ गर्छ।’















प्रतिक्रिया