७ कार्तिक २०८३, शनिबार

कैलालीमा बज्रपात, आगलागीबाट मुक्त कमैया शिविर खरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ वैशाख । कैलालीको कैलारी गाउँपालिकाको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ ।

करिब चार घण्टाको आगलागीबाट पुरै बस्ती खरानी भएको छ ।

आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीले ७१ घर ,गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

अचानक लागेको आगोले स्थानीयका लत्ताकपडा, खाद्यन्न सबै नष्ट भएको छ ।

भर्खरै भित्र्याइएको बाली एवम् सम्पति समेत जलेको छ ।

निकै दुर्गम क्षेत्र भएकाले तत्कालै दलमकलको उपस्थिति नभएपछि आगो नियन्त्रणमा आउन समय लागेको हो ।

निकै समयपछि पुगेको टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्स्काभेटर सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा लिइएको हो ।