७ कार्तिक २०८३, शनिबार

भरतपुर महानगरमा रेणु दाहालविरूद्ध कांग्रेसका पूर्वसांसद पौडेल बने बागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख। सत्ता गठबन्धनको सहमपति विपरित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन्। उनले पार्टी कार्यालयमा कार्यक्रम गरी मेयर पदका लागि उम्मेदवार घोषणा गरेका हुन्।

पौडेलको घोषणासँगै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाललाई सकस पर्ने निश्चित भएको छ।

भरतपुर महानगरपालिका–७ का पौडेल भरतपुरको पूर्व उपमेयरसमेत हुन्। बालकुमारी क्याम्पस सञ्चालक समितिको अध्यक्षसमेत रहेका पौडेल चितवन कांग्रेसका लोकप्रिय नेता मानिन्छन्।

उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, मिना खरेल र शम्भु अर्याललगायतको बलियो साथ रहेको छ। कांग्रेसको माथिको निर्देशनविपरित उक्त उम्मेदवारी घोषणा भएको हो।