
बुटवल, ११ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेले मोहन चापागाईँलाई उम्मेदवार बनाउने भएको छ। चापागाईँ नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका पूर्वअध्यक्ष हुन्।
त्यस्तै एमालेबाट उपमेयरमा जागेश्वरीदेवी चौधरी उम्मदवार बनेकी छिन्।
मेयर उम्मेदवार चापागाईँ ३० वर्षदेखि पत्रकारितामा क्रियाशील छ। उनी विद्यार्थी राजनीति हुँदै एमालेमा सक्रिय भएका हुन्।
एमालेको रुपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष भइसकेका चापागाईँ हाल पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इञ्चार्ज हुन्।















प्रतिक्रिया