६ कार्तिक २०८३, शुक्रबार

स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज आइतबार र भोलि सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारलाई मनोनयन दर्ता गर्न आग्रह गरेको छ । आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको निर्वाचनमा एक दिनको मात्रै समय हुने गरेकोमा यो पटक दुई दिनको समय राखिएको छ ।

देशभरका ७ सय ५३ वटा स्थानीय तह नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका साथै वडाअध्यक्ष र सदस्यका लागि आवश्यक ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनका लागि मनोनयन दर्ता हुनेछ ।