७ कार्तिक २०८३, शनिबार

एमालेबाट काठमाडौँ महानगरको उपमेयरको टिकट पाएकी सुनिता डंगोल को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा (एमाले) ले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ५ महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको टिकट दिएको हो ।

को हुन् त डंगोल ?

सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी डंगोल बहुमुखी प्रतिभा भएकी एक जुझारु युवा हुन् । नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ता हुन् ।

सुनिता लिपी क्वीनको उपनामले पनि चिनिन्छिन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउने उनी क्याली जात्रामार्फत विश्वभर भर्चुअल रुपमा लिपी सिकाउँदै त्यसको सम्वर्द्धन गर्दै आएकी छन् ।

जापान, कोरिया, जर्मनलगायत एक दर्जन बढी देशहरुको भ्रमण गरेकी उनले काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषण गरेकी थिइन् ।

आफूसँग काठमाडौँ शहरको विकासको योजना रहेको भन्दै उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी सुनिताले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्जमा सम्वर्द्धन गर्दै आएकी छन् ।

डाइनामिक लिडरका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मान्ने सुनिता अन्ततः एमालेबाट काठमाडौँको उपमेयरको उम्मेदवार बनेकी छन् ।

आफूले मेयरको घोषणा गर्दा घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन् । विदेशमा देखेका र भएका प्रविधिहरुलाई विकासका लागि प्रयोग गर्नुपर्ने धारणा समेटिएको उनको घोषणापत्रमा फोहरलाई मोहरमा बदल्ने कुरादेखि संस्कृति संरक्षणका कुराहरु उल्लेख छन् ।

यस्तो थियो उनको घोषणापत्रः