९ कार्तिक २०८३, सोमबार

विराटनगरमा मेयरको उम्मेदवार बन्न नपाएपछि जसपाका नेताले छाडे पार्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । स्थानीय तह निर्वाचनमा विराटनगरको मेयर बन्न नपाएपछि जनता समाजवादी पार्टीका उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

उनले एक महिनादेखि नै आफूले मेयरको टिकट पाउने भन्दै घरदैलो कार्यक्रम सुरु गरेका थिए ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपालाई भागवण्डा गरेपछि उनको मेयर बन्ने आकांक्षा अपुरो बनेको हो ।

यादवले शनिबार पत्रकार सम्मेलनमार्फत पार्टी छोडेको घोषणा गरे ।

उनले आफू स्वतन्त्र बस्ने र स्वतन्त्र उम्मेदवार दिने नदिनेमा निर्णय गर्न बाँकी रहेको बताए ।

उनी गठबन्धन गर्न नहुने पक्षमा थिए ।