
काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले वैशाख ११ र १२ गते दुई दिनमा आफ्नो अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो अुकूलतामा उम्मेदवारी दर्ता गर्न आयोगले आग्रह गरेको हो ।
आयोगले वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।
त्यस्तै, गोलाप्रथादरा उम्मेदवार दर्ताको समय तोकिएको भन्दै विरोध भएकोमा आयोगले स्पष्ट पारेका छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता कार्यलाई सु–व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग पुर्याउन हुन तथा कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कहि कतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिन मध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’
यस्तो छ विज्ञप्तिः
















प्रतिक्रिया