
काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकेको छ ।
स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले तोकिएको समयमा सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराउनुपर्नेछ ।
आयोगले उम्मेदवारी दर्ताका लागि सूची नै जारी गरेको छ ।
उम्मेदवारी दर्ता गराउन पहिलो मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्छ । त्यस्तै, उम्मेदवारको प्रस्तावक र समर्थक चाहिन्छ ।
त्यस्तै, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ ।
त्यस्तै, दल विशेषबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट हुँदा वा बहालवाला जनप्रतिनिधि भएको खण्डमा राजीनामा दिएको हुनुपर्नेछ ।
त्यस्तै, वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्क लाग्छ भने वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।
यस्तो छ आयोगको सूची, के-के चाहिन्छ ?















प्रतिक्रिया