
काठमाडौँ १३ वैशाख । पूर्वसभासद् चक्रराज ठकुरीको भूकम्पका कारण रसुवा जिल्लामा आएको पहिरामा परेर शनिबार निधन भएको छ ।
रसुवाको स्याफ्रुबाट काठमाडौँ फर्कँदै गर्नुभएका ठकुरी सवार सवारी साधनमा धुन्चे पारि स्याफ्रु गाविस–५ खोपाङ भिरमा आएको पहिरोसँगै वा १२ च ८५८७ नंको जिपलाई ढुङ्गाले थिच्दा टाउकामा चोट परी निधन भएको हो ।
सो घटनामा पूर्वसभासद् ठकुरीसँगै यात्रामा रहनुभएका ज्ञानेन्द्र पराजुली, शत्रुघन सुवेदी, यादवप्रसाद पौडेल र बलराम आचार्य घाइते भएका थिए । आचार्य गम्भीर घाइते हुनुभएको छ ।
तीन घन्टाको लगातार प्रयासपछि उनीहरु सवार गाडीलाई किचेको ढुङ्गा पल्टाएर शव निकालिएको नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति एवं सभासद् भीमसेनदास प्रधानले राससलाई जानकारी दिनुभयो ।
ठकुरी विसं २०६४को संविधानसभा निर्वाचनमा काँग्रेसका तर्फबाट काठमाडौँ–३बाट निर्वाचित हुनुहुन्थ्यो । रासस















प्रतिक्रिया