३ कार्तिक २०८३, मंगलबार

गायक भिम श्रेष्ठले ल्याए ‘आउँथे त्यतै म’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । गायक भिम श्रेष्ठले आउँथे त्यतै म बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । राजन राज शिवाकोटीको शब्द तथा संगीत सृजना रहेको गीतमा गायक श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।

गहिरो प्रेममा रहेका एक प्रेमील जोडीको प्रेम कहानीलाई रोमान्टिक तरिकाले देखाइएको भिडियोमा गायक श्रेष्ठ र मोडल बिना राउतको अभिनय रहेको छ ।

भिडियोमा गायक श्रेष्ठ र बिनाका अलावा बरिष्ठ कलाकारद्धय सन्तोष पन्त र रमा थमलियाको पनि अभिनय देख्न सकिन्छ । फराज अर्पणको निर्देशनमा तयार भएको भिडियोमा अभि लामाको कोरियोग्राफी रहेको छ । सौरभ लामाको छायांकन रहेको भिडियोमा निर्देशक फराजकै सम्पादन र कलर रहेको छ । भिडियो गायक श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।