७ कार्तिक २०८३, शनिबार

माओवादी छाडेर यी हस्ती एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । स्थानीय तहको निर्वाचको नजिकिदै गर्दा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी र देशका लागि घात गरेको, नातावादलाई पक्षपोषण गरेको भन्दै नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवको अवसरमा ललितपुरको च्यासलमा आयोजित विशेष समारोहका बीच माओवादीका सहकारी विभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संबिधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गरेका छन् । उनीहरु दुवै जना माओवादी पोलिटब्युरो सदस्य हुन् ।

त्यसैगरी, लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका नेताहरु पनि एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टीमा स्वागत गरे ।