७ कार्तिक २०८३, शनिबार

मधेशमा लोसपा र एमालेबीच चुनावी तालमेलको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ९ वैशाख । मधेश प्रदेशमा मुख्य स्थानीय तहरुमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच निर्वाचन तालमेल हुने तयारी भएको छ ।

यद्यपि औपचारिक रुपमा तालमेलको घोषणा भने भएको छैन ।

वीरगञ्ज महानगरपालिकामा दुवै दलले तालमेल गर्ने भएका छन् । बिहीबार पर्सामा पत्रकार सम्मेलन गरेर यसबारे घोषणा गरिएको छ भने अन्य मुख्या पालिका तथा विराटनगरमा समेत तालमेलको तयारी भइरहेको छ ।

दुई पार्टीबीच विराटनगर महानगरपालिका, बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिकामा समेत तालमेल हुने बतइएको छ ।

दुवै पक्षका नेताहरुले छलफल भइरहेको तर औपचारिक निर्णयका लागि केही समय लाग्ने बताइएको छ ।