
काठमाडौं, ९ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं महानगरपालिका मेयरका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिएको छ।
महानगर समितिले सर्वसम्मत रुपमा कलाकार श्रेष्ठलाई काठमाडौं महानगरमा प्रतिस्पर्धा गराउन लागेको हो। केन्द्रीय समितिले नाम अनुमोदन गरेपछि श्रेष्ठ मेयरका लागि मैदानमा उत्रिनेछन्।
अन्य केही कलाकार र सेलीब्रिटी भने स्वतन्त्र रुपमा नै मेयरको आकांक्षीका रुपमा मैदानमा उत्रिन लागेका हुन्। महानगरपालिकाको नेतृत्वका लागि कांग्रेस, एमालेले भने नाम टुंगो लगाउन बाँकी छ।















प्रतिक्रिया