
जनकपुर, ९ वैशाख। सत्ता गठबन्धनले जनकपुर उपमहानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति गरेपछि असन्तुष्ट कांग्रेस नेताहरूले सामूहिक राजीनामा दिने भएका छन्।
आसन्न स्थानीय तहको निर्वाचनमा सामूहिक राजीनामा गरी सवै वडादेखि उपमहानगर प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको छ।
कांग्रेस जनकपुरका नगर सभापति मनोज साहसहितका नेताहरूले राजीनामा दिन लागेका हुन्। पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागिएको हो।
स्वतन्त्र रूपमै उपमेयरसहित २५ वटै वडामा उम्मेदवारी घोषणा गर्न लागिएको हो। कांग्रेस नेता विमलेन्द्र निधि पनि गठबन्धनको निर्णयको विपक्षमा उभिएका छन्। राजीनामा दिन लागेका सबै निधि पक्षधर हुन्।















प्रतिक्रिया