
काठमाडौं, ९ वैशाख। हेटौंडा उपमहानगरपालिका–९ मा निर्माणाधिन जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक अज्ञात समूहले तोडफोड गरेको छ।
दिव्य बाल उद्यानमा रहेको भण्डारी र आश्रितको शालिक गएराती तोडफोड भएको हो।
हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीका अनुसार मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा बिहान स्थानीयले देखेपछि खबर गरेका थिए।
पार्कमा रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक भने केही गरिएको छैन।















प्रतिक्रिया