
सिन्धुपाल्चोक, ८ वैशाख । सिन्धुपाल्चोकमा भीरबाट लडेर एक म्यादी प्रहरीको मृत्यु भएको छ ।
बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी स्थानीय ४० वर्षीय दुर्गा सिंह बस्नेत मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षणपछि घर फर्किएका थिए । तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया