
पोखरा, ८ वैशाख । स्थानीत हतको निर्वाचनको संघारमा कास्कीमा सयौँको संख्यामा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत) समाजवादी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
सत्ता र शक्तिका लागि कम्युनिष्ट विचारलाई कुल्चिएर कांग्रेसलगायत दलहरुसँग चुनावी तालमेल गरेकोमा असन्तुष्टि व्यक्त गर्दै कास्कीबाट पर्यटन ब्यबसायी तथा जिल्लाका चर्चित नेता क्षेत्रबहादुर गुरुङ सिंगो टीमसहित एमालेमै फर्किएका छन् ।
गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इञ्चार्ज पदमा अर्याल, गण्डकी एमाले अध्यक्ष नवराज शर्मासहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
गुरुङसँगै सुकबहादुर परियार, शम्शेरबहादुर मौरति, राजकुमार मौरती, सन्तबहादुर बिक, बिशाल परियार, भीमबहादुर गुरुङ, बीरबहादुर गुरुङ, रामजी सनिया, होमबहादुर परियारलगायत दर्जन बढी नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
उनीहरुले माधव नेपालले मुलुकको हित भन्दा पनि अहित धेरै गर्ने खालको निर्णय गरेको भन्दै एमालेमा आएको बताए ।
















प्रतिक्रिया