७ कार्तिक २०८३, शनिबार

गभर्नर प्रकरणः अर्थमन्त्री शर्माको राजीनामा माग भइरहेका बेला प्रचण्डले गरे बचाऊ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ८ वैशाख। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन हुनेगरी छानबिन समिति बनाउने विषयमा अर्थमन्त्री जनार्दन शर्माको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाऊ गरेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार गभर्नर अधिकारी काममा फर्किएपछि अर्थमन्त्री शर्माको राजीनामा माग भइरहेका बेला विहीबार धनगढी पुगेका प्रचण्डले भने,‘प्रधानमन्त्रीसँगको सल्लाहमा नै गभर्नरको निलम्बन भएको थियो, अर्थमन्त्री मात्र दोषी छैनन्।’

प्रचण्डले गठबन्धनमा तल्लो तहसम्म भएको विवादका विषय लामो समयसम्म नरहने र सबैले कुरो बुझ्ने पनि दाबी गरेका छन्। उनले यो चुनाव अग्रगमन र प्रतिगमनको भएको पनि बताए। ‘एउटै पार्टीमा त विवाद हुन्छ, केही दिनमा यो विवाद साम्य हुनेछ’, प्रचण्डले भने।