७ कार्तिक २०८३, शनिबार

पत्रकार मिश्रले गरे एमालेबाट घोडाघोडीको मेयरमा दाबी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ८ वैशाख । पत्रकार प्रकाश मिश्रले घोडाघोडी नगरपालिकाको मेयर दाबी गरेको छन् । उनले नेकपा एमालेबाट मेयरमा दाबी गरेका हुन् ।

लामो समय पत्रकारिता गरेका मिश्रले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोडाघोडीको मेयर पदमा उम्मेदवार बन्ने इच्छा देखिाएका छन् ।

उनको नाम एमालेको जिल्ला कमिटी हुँदै प्रदेशसम्म पुगेको छ । एमाले निकट प्रेस चौतारी नेपाल कैलालीको सचिव भएर ३ कार्यकाल काम गरेको उनीसँग अनुभव छ । पत्रकार मिश्र अहिले प्रेस चौतारी नेपालको केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्ष पदमा छन्।

यस्ता छन् मिश्रका एजेण्डा
– निशुल्क खानेपानी, शिक्षा ।
– प्रत्यक वडामा चिकित्सकसहितको सेवा ।
– नगरवासीलाई निशुल्क स्वास्थ्य सेवा ।
– नदी कटानको समस्या समाधानका लागि दिर्घकालिन योजना बनाएर काम गर्ने ।
– हरेक वडामा कालोपत्रे सडक योजना बनाइ कार्यन्वयन गर्ने ।
– निशुल्ल एम्बुलेन्स सेवा ।
– नगर बस सञ्चालन
– गरिब तथा विपन्न परिवारका लागि घर निर्माण ।
– युवालाई उत्पादनसँग जोड्दै उत्पादित बस्तु तथा सामग्रीको बजारिकरण गर्ने ।