
काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा बोल्दै युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहिनेत नगर्ने बानी भए हटाउनु पर्ने बताएका छन् ।
युवाहरूमा रहेको देशभक्ति सुशासनको आकांक्षा, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।
उनले भने, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्यता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिन मात्रै नसकेको हो ।
यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए ।















प्रतिक्रिया