१२ कार्तिक २०८३, बिहिबार

मेयरको उम्मेदवार विवादमा गृहमन्त्री खाणको गृहजिल्लामा नेता यादवले छोडे पार्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा मेयरको उम्मेदवार विवाद उत्कर्षमा पुगेको छ ।

रुपन्देही कांग्रेस क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिकाप्रसाद यादवले पार्टी परित्याग गरेका छन् ।

सिदार्द्धनगर नगरपालिकाका मेयरका आकांक्षी संस्थापनइतरका यादव नगर समितिले एकलौटी रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको भन्दै असन्तुष्ट बनेका हुन् ।

मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि हचुवाको भरमा एकजनाको मात्र नाम सिफारिस गर्नु गलत भएको उनको भनाइ छ ।

यादवले भने, ‘हामी ४० वर्षदेखि कांग्रेसमा आबद्ध छौं, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो ।’

उनी २०७४ को स्थानीय तहको निर्वाचनमा सिदाद्र्धनगरको मेयर पदमा पराजित भएका थिए ।

मंगलबार नेपाली कांग्रेसले सिद्धार्थनगरमा इस्तियाक अहमद खानलाई मेयरमा सिफारिस गरेको थियो ।

नेता खाण गृहजिल्लामा पुगेका बेला उनकै प्रभावशाली नेता यादवले पार्टी छोड्नु अर्थपूर्ण देखिएको बताइएको छ ।