१२ कार्तिक २०८३, बिहिबार

पोखरा महानगरमा कांग्रेसले बागी उम्मेदवार उठाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको नेतालाई उठाउने गठबन्धनको निर्णयलाई कांग्रेस पोखरा महानगरपालिका कमिटीले विरोध गरेको छ ।

पार्टीका नेता कार्यकर्ताको तीव्र असहमतिका बाबजुद मेयर नेकपा एसलाई दिएको निर्णय नसच्याए बागी उम्मेदवारी दिने कांग्रेस पोखरा महानगर सचिव गणेशबहादुर थापाले चेतावनी दिएका छन् ।

उनले निर्णय नसच्याए भरतपुर काण्डा दोहोर्याउने चेतावनी दिए । उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरिसकेका छन् । अब कसरी अगाडी बढ्ने विषयमा महानगरका ३३ वडाका नेताहरुबीच छलफल गरेर निर्णय गरिने थापाले बताए ।