७ कार्तिक २०८३, शनिबार

फ्रि फायर गेमबाट चिनजान, पाल्पाबाट काठमाडौं ल्याएर ‘बलात्कार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् ।

अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएपछि प्रहरीले बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–८, मातातीर्थबाट फेलापारेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका महेशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेन्जरमा भिडियो कल तथा म्यासेजहरूमार्फत कुराकानी भई विवाह गर्नेलगायत आश्वासन दिएको खुलेको छ ।

सोही क्रममा गएको चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति टोखा नगरपालिका–६ स्थित वसुन्धरामा राखी बलात्कार गरेको बताइएको छ ।