११ कार्तिक २०८३, बुधबार

अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ तथा बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं,७ वैशाख । सिन्धुली, कमलामाई नगरपालिका-४ हिरापानीबाट अवैध रुपमा ल्याउँदै गरेको बिल नभएको करिब ६ लाख ८४ हजार रुपैयाँ बराबरको रजनीगन्धा सहित खोटाङ नेर्पा
गाउँपालिका-६ बस्ने ३४ वर्षीय नवराज राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गाईघाटबाट काठमाडौंतर्फ जादै गरेको लु-अ-अ-भ-१८४७ नम्बरको ट्रकलाई हिरापानी चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त रजनीगन्धा सहित फेला पारी गाडी चालक राईलाई पक्राउ गरेको हो । उक्त रजनीगन्धा, गाडी र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएको छ ।

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-७ ज्यामिरेबाट करिब १० लाख २ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न ईलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामानहरू मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०७७९ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरीले जाँचगर्ने क्रममा बसको डिक्कीमा लुकाई ल्याएको उक्त सामान फेला पारी बरामद गरेको हो । उक्त सामानहरू भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।

सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट अवैध रुपमा ल्याउँदै गरेको १सय ३७ तोला बराबरको चाँदीको गरगहना सहित भारत मधुवनी पोष्ट रोगनीदेहहट टोलबस्ने २१ वर्षीय चन्दन कामतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाटनेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गहना फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।