काडमाडौं १२ बैशाख । जोहोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट सङघ (क्यान) सँग केही प्राविधिक कुरा नमिलेको भन्दै शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै एनपिएल क्रिकेट सारीएको बताएको छ ।
जोहोराले वक्तव्य मार्फत क्यानले एनपिएल क्रिकेट गर्न दिएपनि कुनै उत्तरदायित्व वहन नगरेको तथा लगानीकर्ता, प्रायोजक र खेलाडीका लागी कुनै पनि सुरक्षा निती नअपनाएको कारण प्रतियोगीता केही दिनकालागि सार्न लागिएको जोहोराले जनाएको छ ।
प्रतियोगिता गरेबापत केही रोयल्टी जोहोराले मागेको अवस्थामा क्यानले असहमति जनाएकोले प्रतियोगीता केही दिनका लागी स्थगित गरिएको जोहोरा स्पोर्ट्स म्योनजमेन्टका प्रवन्ध निर्देशक अमिर अख्तरले जनाएका छन ।
जोहोराले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासगं यसबारे छलफल गर्दा उहाले छिट्टै नै क्यानसगं छलफल गरेर समस्या समाधान गर्न आफुले सहयोग गर्ने बताएको जोहोराले जनाएको छ ।
अमिर अख्तरले बिज्ञप्ती मार्फत ९६ क्रिकेटरलाई खेले वापत दिनुपर्ने भत्ता लगायत बिभिन्न शिर्षकमा क्यानले सहयोग गर्नु पर्ने माग राखेको छ ।
जोहोरा म्यानेजमेन्टले छिट्टै नै प्रायोजक र लगानीकर्ता लगायत सबै क्षेत्रलाई राम्रो वातावरण सिर्जना क्यानलाई अनुरोध समेत गरेको छ ।
यसअघि जोहोरा स्पोर्ट म्यानेजमेन्टलाई एनपिएल क्रिकेट गर्न दिने निर्णय गरेसगै प्रतियोगीतामा कर्पोरेट हाउसले पनि सहभागीता जनाउने निश्चित भएको थियो ।
क्यान र कर्पोरेट हाउस बिच भएको छलफलपछि कर्पोरेट हाउसहरुले एनपिएलमा सहभागीता जनाउने निश्चित गरेपनि जोहोराको केही दिन प्रतियोगीता नगर्ने निर्णय एनपिएल क्रिकेट अनिश्चत बन्दै गएको छ ।
क्यानमा लामो समयदेखीको विवाद र जोहोरालाई एनपिएल क्रिकेट गर्न दिने बारेको क्यान भित्रको द्वन्द्वका कारण पछिल्लो समय कर्पोरेट टिमहरुले सहभागीता नजाउने स्थीति देखिएको थियो ।
एनपिएल लिगमा ७ कर्पोरेट टिमले बैशाख १२ देखी २२ सम्म खेल्ने कार्यक्रम थियो । क्यानले जोहोरा स्पोटस म्यानेजमेन्टले गर्ने प्रतियोगिताका लागि वैशाख १२ गतेदेखि कीर्तिपुर मैदान उपलब्ध गराउने निर्णय गरेपनि जोहोराले यसप्रति सहमति जनाएनन् ।
एनपीएलका लागि खेलाडी र म्याच अफिसियल भने क्यानले उपलब्ध गराउने क्यानले जोहोरासंग यसअघि सहमति गरेको थियो । रासस















प्रतिक्रिया