७ कार्तिक २०८३, शनिबार

अर्थमन्त्री शर्माको पद धरापमा, राजीनामा देलान त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ ।

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई काममा फर्किन अन्तरिम आदेश जारी गरेसँगै अर्थमन्त्री शर्माको पद धरापमा परेको हो ।

शर्माको व्यक्तिगत स्वार्थका लागि स्वतन्त्र निकायमाथि भएको ठाडो हस्तक्षेपको चौतर्फी विरोध मात्र नभएर सर्वोच्चले गभर्नर अधिकारीलाई कुनै कारवाही नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

विशेषगरी अमेरिकाबाट ल्याइएको ४० करोड रकम राष्ट्र बैंकले रोक्का गरेकोमा अर्थमन्त्री शर्माले भने छोड्न दवाव दिएका थिए ।

त्यसैलाई आधार मान्दै सरकारले भनेको नमानेको आरोप लगाउँदै सरकारले गभर्नर अधिकारीमाथि छानबिन समिति गठबन गरेको थियो ।

अर्थमन्त्री शर्मामा नैतिक दवाव देखिए पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने शर्मालाई नहटाउन स्पष्ट पारिसकेका छन् ।

दुई दशकअघि तिलक रावललाई सर्वोच्च अदालतले पदबहाली गराइदिँदा तत्कालीन अर्थमन्त्री महेश आचार्यले तत्काल राजीनामा दिएका थिए ।

अब हेर्न बाँकी छ जनार्दन शर्माले के गर्छन् ।