११ कार्तिक २०८३, बुधबार

पल शाह प्रकरणमा पीडितका बुबाले पनि फेरे बयान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । अभिनेता पल शाहविरुद्ध नाबालिगमाथिको जबरजस्ती करणीको आरोपमा जाहेरी दिएका पीडितका बुवाले पनि अदालतमा बयान फेरेका छन् ।

मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा भएको विवरण सत्य नभएको बयान दिएका छन् ।

पीडित नाबालिग गायिकाले होस्टाइल भएर आइतबार बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।

पीडितका बुबाले बकपत्रमा आफू सामाजिक सञ्जालहरुमार्फत दवावमा परेर झुटो जाहेरी दिन बाध्य भएको उल्लेख गरेका छन् । उनले आफूलाई दवाव दिने केही व्यक्तिहरुको नाम समेत लिएका छन् ।

यससँगै पलको रिहाइ हुन सक्ने तर्फ अनुमान गरिएको छ । यद्यपि अदालतले सबै प्रमाणलाई ध्यानमा राखेर आदेश गर्ने बुझिएको छ ।