
काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलहरु एमालेसँग मिल्ने भएको भन्दै गठबन्धन जोगाउनुपर्ने बताएका छन् ।
मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन टुटे दलहरु एमालेसँग मिल्ने त्रास व्यक्त गरेका हुन् ।
‘गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै छ । अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक छ’, देउवाको भनाइ थियो ।















प्रतिक्रिया