११ कार्तिक २०८३, बुधबार

लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।