११ कार्तिक २०८३, बुधबार

जलेश्वरमा चुनावी सरगर्मी बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, ६ वैशाख । महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाको मेयर पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको छ ।

नेपाली कांग्रेसको तर्फबाट सो नगरपालिकाको सम्भावित मेयर पदका उम्मेदवारमा अशोक साहको नाउँ चर्चामा छ । उहाँ यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयरमा उठ्नुभएको थियो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रामशंकर मिश्रलाई नै पुन : मेयर पदमा सिफारिस गरको छ भने जनता समाजवादी पार्टी नेपालले सुरेश साह सोनारलाई छनौट गरेको जनाइएको छ ।

यसैगरी नेकपा (एमाले) का तर्फबबाट सम्भावित उम्मेदवारमा रामआधार कापरको नाउँ अगाडि आएको छ । यसअघि उहाँ २०७४ को निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट चुनाव लड्नुभएको थियो ।

आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कौशलेन्द्र शर्मा र नेकपा (एकीकृत समाजवादी ) ले दिपु झालाई मेयर पदका लागि सिफारिस गरेको जनाइएको छ ।–रासस