७ कार्तिक २०८३, शनिबार

एमालेप्रति मुलुकभर अभूतपूर्व आकर्षण बढेको छः महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले मुलुकभर एमालेप्रति अभूतपूर्व रुपले आकर्षण बढेको बताएका छन् ।

पोखरेलले अहिले शतप्रतिशत कार्यकर्ताको सहभागीताले तराई–मधेससँगै मुलुकभर नै एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको बताए ।

‘पहिला–पहिला हामीले कार्यक्रम आयोजना गर्दा ६०–७० प्रतिशत कार्यकर्ताको सहभागिता हुने गथ्र्यो,’ महासचिव पोखरेलले भने, ‘अहिले झण्डै सतप्रतिशत कार्यकर्ताको सहभागिता हुने गरेको छ । यो भनेको पार्टीप्रतिको आकर्षण कार्यकर्तादेखि जनस्तरको तहमा पनि बढेको छ भन्ने प्रमाण हो ।’

उनले विगतमा विशेषगरी मधेशमा एमालेलाई एक्ल्याउने प्रयास भएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए । ‘अहिले ती ठाउँमा एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको छ,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधि समेत अहिले दल छाडेर नेकपा (एमाले)को पक्षमा उभिन थाल्नुभएको छ । त्यो आकर्षण त्यसै पैदा भएको होइन । हाम्रो पार्टी अध्यक्षको नेतृत्वको सरकार रहेका बेला तराई–मधेसका समस्या समाधान गर्ने सन्दर्भमा हामी जुन प्रकारको नीति अवलम्बन गर्यौँ । त्यसको प्रभाव हो भन्ने बुझ्न जरुरी छ ।’

उनले तराई मधेशमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई निषेधको राजनीति गरिए पनि सहकार्यद्वारा एमाले अघि बढिरहेको बताए । ‘संविधानप्रति नै असहमति व्यक्त गर्दै आउनु भएका उपेन्द्र यादव, महन्थ ठाकुरहरुलाई हामीले तपाईँहरुका मुद्धा सम्वोधन गर्ने हामीले नै हो भनेर सरकारमा सहभागी गरायौँ र सम्बोधन गर्न सुरुवात पनि गर्यौँ,’ उहाँले भन्नुभयो, ‘मूलधारको राजनीति भन्दा बाहिरको राजनीति गरिरहेकाहरुलाई पनि हामीले मूलधारको राजनीतिमा ल्याउने कामको थालनी गर्यौँ ।’

उनले विखण्डनको राजनीतिक एजेण्डा बोकेर हिँड्ने सिके राउत समूहलाई मूलाधारको राजनीतिमा एमालेले ल्याएको स्पष्ट पारे । ‘हिंसालाई राजनीतिको माध्ययम बनाइरहेको विप्लव समूहलाई पनि मूलधारको राजनीतिमा ल्याउन सफल भयौँ,’ उनले भने, ‘परम्परागत राजतन्त्रको पक्षमा उभिँएको राप्रपा नेपालका नेता कमल थापालाई पनि हामीले गणतन्त्रको धारमा ल्याउन सफल भयौँ । यो प्रकारको सफलता नेकपा (एमाले) को विकास हो भन्ने कुराको पुष्टि गर्छ । हामी सरकारमा रहेका बेलामा होस या नरहेका बेला मुलुकका समस्या समाधानको पहलकदमी लिने पार्टी नेकपा एमाले मात्रै हो भन्ने पुष्टि गरेका छौँ । यो आकर्षण तराई–मधेसका जनतामा पनि रह्र्यो भन्ने हामीले ठानेका छौँ ।’

महासचिव पोख्रेलले तराई–मधेसको विकास र समृद्धिका सन्दर्भमा एमालेले अघि सारेका विकासका आयोजनाले पनि एमालेप्रतिको आकर्षण बढेको प्रष्ट पारे ।

‘हुलाकी सडकका कुरा गर्नुहोस् अथवा तराईका २२ जिल्लाको आधुनिकीकरणका सन्दर्भमा हामीले अघि बढाएको सहरी विकास कार्यक्रमको सन्र्दभको कुरा गरौँ यी सबैले एमालेप्रति आकर्षण बढेको छ,’ उनले भने, ‘तराई मधेसको समृद्धिको कुरा होस या तराईको भूमिको कृषि सिंचाईलगायतको प्रभावले पनि एमालेप्रतिको आकषर्ण बढेको हो । तराई जोड्ने फाष्ट्रट्याक, पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने कुरा, हुलाकी सडकलाई सम्पन्न गर्ने कुरा, पूर्व–पश्चिम रेलवे मार्ग विस्तार गर्ने घोषणा, बन्द भएको रेलवे परियोजनालाई सूचारु गर्ने कुरामा हामीले जुन प्रकारको भूमिकमा खेल्यौँ, त्यसको गहिरो प्रभाव तराई–मधेसमा परेको छ ।’