
काठमाडौँ, ६ वैशाख । सातौँ कृषि गणना आजदेखि सुरु भएको छ । वि.सं. २०१८ देखि सुरु कृषि गणना प्रत्येक १०/१० वर्षमा गर्ने गरिन्छ ।
कृषि क्षेत्रको वास्तविक तथ्याङ्क पप्ता लगाउँदै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्य अनुरुप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । आगामी जेठ १९ गतेसम्म गणना जारी रहने छ ।
मुलुकको कूल गार्हस्थ उत्पादनमा एक चौथाइभन्दा बढी योगदान रहेको कृषि क्षेत्र यथार्थ विवरण सङ्कलन गर्नका लागि मुलुकका सातै प्रदेशका ७५३ पालिकाका छनोट गरिएका १३ हजार ५७८ गणना क्षेत्रबाट प्रतिनिधिमूलक नमूना सङ्कलन गर्न झण्डै तीन लाख ५० हजार कृषक परिवारको छनोट गरिएको छ ।















प्रतिक्रिया