२९ आश्विन २०८३, बिहिबार

त्रिविमा ताला लागेको आज तीन महिना पूरा, कसरी भइरहेको छ काम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ ।

सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन ।

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाइकन घरमै बसेका थिए । तालाबन्दी लम्बिदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोरबाटो प्रयोग गरेर काम गर्न थालेका हुन् ।

त्रिविका पदाधिकारीको अक्षमताका कारण तालाबन्दी भएको तीन महिना भइसक्दा पनि एमाले र माओवादी कोटाबाट नियुक्ति भएका पदाधिकारीले ताला खोल्ने विषयमा कुनै वास्ता गरेका छैनन् ।

त्रिवि कर्मचारी स्रोतका अनुसार उपकुलपति कार्यालयको मूल गेटमा ताला लगाएपछि उनीहरू बाहिरिएका छन् । तर, सो कार्यालयमा रहेको कार्यकारी समिति र योजना खुलै छ ।

रेक्टर कार्यालयमा ताला लागेको छ । सो भवनमा रहेको पाठ्यक्रम र अनुमगन र समन्वय महाशाखा खुलै छन् । रजिस्ट्रार कार्यालयमा ताला बन्द छ । तर, रजिस्ट्रार प्राडा पेशल दाहालले आफ्नो सम्पूर्ण काम पुरानो रजिस्ट्रार कार्यालयबाट गरिरहेका छन्, आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।