२९ आश्विन २०८३, बिहिबार

गाडीको ठक्करबाट क्यालिफोर्नियामा एक जना नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया, ४ वैशाख । क्यालिफोर्नियामा गाडीको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय प्रज्ज्वल बिक्रम बिष्ट रहेको बताइएको छ । उनको स्थायी ठेगाना खुलिसकेको छैन । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार बिहीबार क्यालिफोर्नियाको साक्रामेन्टो शहरमा उक्त घटना भएको हो ।

घटनास्थलमै उनको मृत्यु भएको बिष्टका माहिला बुबा नेपालकै पहिलो पप गायक ओम बिक्रम बिष्टले जानकारी दिए । उनका अनुसार आफ्नै गाडीमा रातो बत्तीमा अडिइरहेका उनलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो ।