७ कार्तिक २०८३, शनिबार

लायन्स क्लव अफ काठमाडौँ चन्द्रागिरीद्वारा मृगौला पीडित र आश्रमलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । नव वर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाडौँ चन्द्रागिरीद्वारा सिन्धुपाल्चोक घर भई काठमाडौँमा उपचार गर्दै आएकी दुई वटा नै मृगौला खराब भएर थलिएकी रिता आचार्यलाइ २५ हजार रुपैयाँ र जनजाति कल्याण आश्रम मुलपानीलाई १८ हजार गरि जम्मा रु. ४३ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

आर्थिक अभाब झेलेर किड्नी ट्रान्सप्लाण्ट गर्न समस्या परेको र दुइ छाक खान समेत समस्या भोगीरहेको पिडित रिता आचार्य र आश्रममा आश्रित बालबालिकाहरुको लागि नयाँ बर्षको सुरुवातमा केहि सहयोग गरि बर्ष भरिनै सहयोग गर्ने उद्घोष गरेको छ।

लायन्स क्लव अफ काठमाडौँ चन्द्रागिरी सक्रिय रुपमा सामाजिक कार्यमा अगाडी बढेको लायन्स क्लब हो ।

क्लबकी अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जि एल टी कोर्डिनेटर भुपराज काफ्ले, सचिब जनकराज पाठक सदस्य द्वय लायन नविन उप्रेती लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा मृगौला पिडित आचार्य र आश्रमलाइ नगद हस्तान्तरण गरिएको थियो ।

लायन्स क्लव अफ काठमाडौँ चन्द्रागिरीकी अध्यक्ष दुर्गा बिसुरालले सामाजिक कार्यमा कहिले नथाक्ने र वर्षभरि नै यसरी नै लायन्स क्लबद्वारा पीडितको पिडामा मल्हम लगाउने र सेवारुपी हातहरु नरोकिने बताइन् ।