काठमाडौं । सानोपर्दाको चर्चा पाएपछि मोडलिङ तथा अभिनयमा भित्रिने थुप्रै सेलिबे्रटी छन् हलिउडमा । तर रियालटी टिभी स्टार केली जेनरल भने यी दुबै बिधामा नछिर्ने भएकी छन् । केलीले टेलिभिजनको अलवा आफुलाई कुनै आकाक्षा नरहेको बताइन् ।
१७ बर्षिया केली केही पहिले आफ्नै रियालटी शो ‘एनि डान्स ओर्जिनल’को सिलसिलामा भिनाजु केनी बेष्टसग र्याम्पमा देखिएकी थिइन् । सो समय धेरैले दिदी केन्डल जेनर झै उनि पनि मोडलिङमा देखिने अनुमान लगाए । तर उनले स्टेजबाटै आफुलाई मोडलिङमा कुनै इच्छा नरहेको बताउन भ्याइन् ।
‘मलाई र्याम्प अनुभवको इच्छा थियो । सो अनुभव भिनाजुस“गको सहकार्यमा लिए ।’ उनले भनिन् ‘अनुभव निकै रोमान्टिक रह्यो ,तर म मोडल बन्न चाहन्न ।’ मोडलिङ दिदी केन्डलका लागी ठिक भएको उनले खुलाइन् ।
केही पहिले मोडलिङमा लागी आफ्नो ओठ सर्जरी गराएको समाचार उनको सार्वजनिक भएको थियो । तर उनले सो समाचारको खन्डन गर्दै भनिन् ‘मेरो ओठ मलाई निकै आकर्षण लाग्छ । त्यसैले यसको बारेमा कुरा गर्न छोड्दीनुस् । उनले अबको एक बर्षसम्म पनि आफ्नो ओठ यस्तै होस् भन्ने चाहना रहेको सुनाइन् । एजेन्सी















प्रतिक्रिया