२९ आश्विन २०८३, बिहिबार

खाना फाल्नु हुन्छ ? सावधान ! खाद्य सुरक्षाको चुनौती देखिन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

voj khana photo– तीर्थ नेपाल

चितवन, ११ वैशाख । भोज भतेर वा पार्टीमा खानेकुरा प्लेटमा राख्दा तपाईले कत्तिको ध्यान पु¥याउनु भएको छ ? धेरैमा ३ सय ग्राम सम्म खाना प्लेटमा राख्दा पुग्ने भएपनि धेरै राख्ने र फाल्ने वानी त छैन ? यदी छ भने यस्तो वानी छाड्नुस् ।

पकाएका खानेकुरा फाल्ने प्रवृति खाद्य सुरक्षाको चुनौतीका रुपमा देखा परेको भन्दै यसलाई रोक्न बिज्ञहरुले अभियान थालेका छन् ।

खानेकुरा फाल्दा हुने संकट र यसका असरवारे सचेतनामुलक कार्यक्रमहरु अघि सानुपर्ने बिज्ञहरुको धारणा छ । रामपुर कृषि क्याम्पसकी प्राध्यापाक डाक्टर शारदा भट्टराईको अगुवाईमा चितवनका सरोकारवाहरुका बिचमा यसवारे शुक्रवार छलफल गरिएको छ । रोटरी क्लव अफ भरतपुरको आयोजनामा शुक्रवार गैडांकोटमा ‘खानेकुरा नफ्यांकौ’ बिषयमा एक दिने गोष्ठि गरिएको हो ।

अड्कलेर प्लेटमा नराख्नाले नेपालमा पकाएका ३५ प्रतिशत खानेकुरा नष्ट हुने गरेको बिज्ञहरुले बताएका छन् । गोष्ठिमा सहभागी बिज्ञहरुले खानेकुरा फाल्नाले खाद्य सुरक्षामा गम्भिर समस्या सिर्जना गरेको जनाएका हुन् । भोज, भतेर, पार्टीमा क्याटरिङमा राखिएका खानेकुरा, होटलका खानेकुरा शरिरलाई चाहिने भन्दा बढी प्लेटमा राख्ने र फाल्ने प्रवृति बढेको बिज्ञहरुले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै डाक्टर भट्टराईले नेपालमा बर्षेनी ५ लाख टन खाना नष्ट हुने गरेको जनाउनुभयो । पाकेका खानेकुरा नष्ट हुंदा खाद्य अभावमा बढावा हुने मात्र नभई वातावरणमा समेत प्रतिकुल असर पारेको उहांले स्पष्ट पार्नुभयो ।

‘फ्याकिएका खाना कुहिएर निस्कने मिथेन ग्यासले वातावरणमा समेत प्रतिकुल प्रभाव पारेको छ , यो ग्यास कार्वनडाईअक्साईड भन्दा २१ गुणा हानिकारक हुने गर्दछ’–भट्टराईले भन्नुभयो । बिकसित राष्ट्रहरुमा खाना फाल्ने प्रवृति बढि रहेको जनाउदैं उहांले बिश्वमा प्रति दिन १.३ विलियन टन खाना नष्ट भैरहेको तथ्यांक राख्नुभयो । ८ सय ४२ मिलियन मानिस खान नपाएर भोकमरी रहेको तथ्यांक छ ।

भोज भतेर र होटलमा प्रशस्त खानेकुरा फाल्ने गरिएको अध्यनका क्रममा देखिएको भट्टराईले जानकारी दिनुभयो । ‘ पढेलेखेकै र जानेवुझेकै मान्छेहरुले पनि यस्तो गल्ति गर्ने गरेको पाईयो, खाना खेर फाल्ने प्रवृतिलाई कमी ल्याउन अभियान थाल्नुपर्ने आवश्यक्ता भयो’–उहांले भन्नभयो ।

एक जना मान्छेलाई पकाएको २ सय ५० देखि ३ सय ग्राम सम्म खानाले पुग्ने भएपनि भोजभतेरमा आवश्यक भन्दा बढी खाना प्लेटमा राखेर फाल्ने गरिएको भट्टराईले बताउनुभयो । शरिरलाई चाहिने भन्दा धेरै खादा पनि मोटो भई कुपोषित हुने भएका खानपिनमा ध्यान पु¥याउन आवश्यक रहेको उहांले उल्लेख गर्नुभयो । कार्यक्रममा कृषि बिभागका महानिर्देशक युवकध्वज जिसीले खानेकुरा फल्ने प्रवति रोक्न संस्कारका रुपमै अभियान बढाउनुपर्ने धारणा राख्नुभयो ।

खानकुरामा हुने हेलचेक्राईले दुरगामी असर पार्ने उहांले बताउनुभयो । रासायानिक मलको बढ्दो प्रयोगले माटोमा अम्लियपना बढिरहेको जनाउदैं जिसीले नेपालीहरु ग्याष्ट्रिक रोगको शिकार बनिरहेको बताउनुभयो । खानेकुरा फाल्ने गर्नाले खाद्य संकटमा झन टेवा पुग्ने उहांको भनाई थियो ।

होटल तथा क्याटरिङ व्यवसायी ईमान्दु बरालले ग्राहकले खानेकुरा नफाली खाने हो भने मूल्य पनि कम गर्न सकिने बताउनुभयो । ‘भोज भतेरमा ३ सय ग्राम खानुपर्ने मान्छे एक वा डेढ किलो प्लेटमा हाल्छन् थोरै खाएर सबै फाल्छन् यो गम्भिर समस्या भैरहेको छ ।’–बरालले भन्नुभयो ।

कृषि बिज्ञ डाक्टर तीलचन्द्र भट्टराईले नेपालमा खानेकुरा फाल्ने प्रवृति अन्त्य गर्न सकिए खाद्य सुरक्षामा ठूलो मद्धत पुग्ने बताउनुभयो । सचेतना अभियानमा सहयोग पु¥याउन कार्यक्रम गरिएको रोटरी क्लव अफ भरतपुरकी अध्यक्ष हरिदेवी शर्माले बताउनुभयो ।