२८ आश्विन २०८३, बुधबार

एमालेले लिएको गठबन्धनको नीति र पाँच दललाई पाठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-डा. केशव देवकोटा

संसदको सबैभन्दा ठूलो दल एमालेले आगामी स्थानीय निर्वाचनका लागि अन्य दलहरुसँग चुनावी गठबन्धनको नीति लिएको छ ।

यो आलेख तयार गर्दासम्म सो पार्टीले राप्रपा र परिवार दलसँग आगामी निर्वाचनमा गठबन्दनगर्ने सहमति र संझौता गरिसकेको छ ।

एमालेले अन्य दुई पार्टीसँग अलग, अलग औपचारिक कार्यक्रमको आयोजना गरेर स्थानीय तह निर्वाचनमा आपसी गठबन्धन गर्ने सहमति गरेपछि नेपालको चुनावी राजनीतिमा नयाँ खालको तरंग सिर्जना भएको छ ।

जसले आगामी स्थानीय निर्वाचनमा नयाँ प्रभाव राख्ने कुरामा दुईमत गर्ने ठाउँ छैन । एमालेले अन्य दलसँग गरेको चुनावी गठबन्धन भने खासगरी नेपाली कांग्रेसलगायतका पाँच दलीय गठबन्दनका घटकहरुलाई चुनौतीको विषय भएको छ ।

उम्मेदवारहरुको सूची तयार गरेर आआफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात मात्र सहमति कार्यान्वयन गर्ने ब्यवस्था भएको छ ।

किनकी एमालेले पहिलो त चुनावी गठबन्धनमा आउने दलहरुसँग एमालेका अध्यक्ष केपी ओलीले वार्ता गरे पनि सहमति पत्रमा हस्ताक्षर गर्न सम्बन्धित विभागका नेताहरुलाई परिचालन गर्नुभएको छ । राप्रपा नेपाल र परिवार दलसँग भएको सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले हस्ताक्षर गर्नुभएको देखिन्छ ।

जसले एमालेका अध्यक्षको ओजलाई बढाउने काम गरेको छ । त्यसैगरी एमालेले गरेको उक्त सहमतिअनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र चुनावी गठबन्धनमा रहेका घटकहरुकाबीचमा तालमेल हुनेछ ।

एमालेसँग चुनावी गठबन्दन गरेका घटकका उम्मेदवारहरुले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउन पाउने व्यवस्था गरिएको देखिएको छ ।

आफ्ना उम्मेदवार नभएका ठाउँमा गठबन्दनमा रहेका दलहरुले एमालेका उम्मेदवारलाई सघाउने र एमालेले पनि आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारलाई सघाउने सहमति भएको पाइन्छ ।

त्यसैगरी एमालेसँग चुनावी गठबन्दनमा रहेका घटकका जिल्ला समितिहरुले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयारगर्ने भनिएको छ । उम्मेदवारहरुको सूची तयार गरेर आआफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात मात्र सहमति कार्यान्वयन गर्ने ब्यवस्था भएको छ ।

राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिश्पर्धा गरेपनि निर्वाचन भएपश्चात आआफ्नै पार्टीमा आबद्ध हुनपाउने पनि भनिएको छ । गत चैत ३० गते यता एमालेले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलका लागि सहमतिपत्रमा हस्ताक्षर गर्दैगर्दा उता मन्त्रिपरिषदको बैठकमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई आगामी निर्वाचनमा सहभागी गराउन निर्वाचनको मिति पर सार्नेबारे छलफल थालिएको समाचार बाहिर आएको थियो ।

वास्तवमा नेपाली कांग्रेसलाई यस पटकको निर्वाचन नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भनेजस्तो भएको छ । देशैभरका नेकांका नेता तथा कार्यकर्ताहरु पाँच दलीय चुनावी तालमेलको विपक्षमा रहेका छन् । ठाउँ ठाउँमा बिद्रोह भैरहेको छ ।

नेपाली कांग्रेसका बिभिन्न जिल्लाका नेताहरु आफ्नै पार्टीको निर्वाचन चिन्ह रुखमा मत हाल्न पाउँ भन्दै केन्द्रिय सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवा कहाँ धाउनेक्रम बढेको छ । तर नेपाली कांग्रेसका सभापति देउवा सत्ता जोगाउनका लागि माओवादी केन्द्रलगायतका दलहरुसँग चुनावी तालमेल गर्न बाध्य हुनुभएको देखिन्छ ।

उहाँ पार्टीको राजनीति बिग्रिए बिग्रियोस् तर सत्ता राजनीति बिग्रन नदिने पक्षमा रहनु भएको स्पष्ट देखिन्छ । नामले नेपाली कांग्रेस भएपनि पछिल्लो समयमा सो पार्टीमा समेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हैकम बढ्दै गएको छ ।

जुन कुरा चितवनका बारेमा भए/गरेको निर्णयले स्पष्ट गरेको छ । वास्तवमा हालको अवस्थामा नेकांसँग गठबन्दन बनाइ रहेका अन्य चारदलले सो पार्टीको निर्वाचन चिन्हबाटै चुनाव लड्न सकेको खण्डमा पनि केही फरकपर्ने देखिंदैन ।

किनकी उनीहरु बिचार सुन्य र चिरपर्यन्त सत्ता र शक्तिमा रहिरहने मुख्य उद्देश्यका साथ आगामी स्थानीय निर्वाचनमा तालमेल गर्न गैरहेका छन् । एमालेले अन्य दलहरुसँग गरेको चुनावी गठबन्धनले आगामी निर्वाचनमा सहभागी हुने बहानामा निर्वाचनको मिति सार्ने प्रयास गरिरहेका दलहरुलाई पनि रचनात्मक खालको सन्देश दिएको देखिएको छ ।

यदि नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा आगामी निर्वाचनमा साँच्चै सहभागी हुने होभने उसले पनि एमाले वा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरे हुने भएको छ ।

यदि संसदीय निर्वाचन भाँड्नका लागि मात्र त्यस्तो बहानाबाजी गरिएको होभने त्यो नेकां लगायतका पाँच दलीय गठबन्दनका घटकहरुले शोच्ने कुरा हो जुन उनीहरुका लागि धेरै महँगो पर्ने निश्चित छ ।

त्यसैगरी एमालेले पार्टी केन्द्रले गठबन्धन गर्ने नीतिगत निर्णय गरेपछि त्यसको उचित व्यवस्थापन गर्ने काम जिल्ला र स्थानीय समितिहरुको होभन्ने मान्यता पनि स्थापित गराउने प्रयास गरेको छ ।

यथार्थमा हुनुपर्ने पनि त्यही नै हो । नेकांलगायतका पाँच दललेभने चुनावी तालमेल र उम्मेदवारको नामावली टुंग्याउने सहितका सबै काम केन्द्रबाटै गर्ने प्रयास गरिरहेका छन् । यसले सत्ता गठबन्धनका पाँचवटै घटकमा देशव्यापी रुपमा विवाद बढाउने काम गरेको छ ।

आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको समेत विश्वास र सम्ममानगर्न नसक्नेहरुले देश र जनताको कसरी सम्मागर्न सक्लान ? भन्ने कुराहरु पनि उठेका छन् । यतिबेला एमाले छाडेर गैसकेका माधव नेपालहरु नै एमालेका अध्यक्ष ओलीको आलोचना गर्ने बहानामा एमाले पार्टीको चुनाव प्रचारमा तल्लिन रहेको देखिएको छ ।

पछिल्लो समयमा उनीहरुले विवादास्पद अमेरिकी योजना एमसीसी जसरी नाटकीय ढंगले नेपालको संसदबाट पारित भएको घोषणा गराउन सफल भएका थिए, त्यो पनि उनीहरुका लागि यो निर्वाचनमा अभिषाप सिद्धहुँदै गएको देखिन्छ ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि आफ्नो पार्टीको भन्दा पनि एमालेकै चिन्ता बढी रहेको देखिन्छ । उनी संविधान र ०६३ को राजनीतिक परिवर्तनको रक्षाका लागि बर्तमान गठबन्दन र त्यसमा पनि माओवादी केन्द्रले त निर्वाचन नजिति हँुदैन भन्ने अभिव्यक्ति दिन थालेका छन् ।

०६३ को राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धी र ०७२ को संविधान माओवादी केन्द्रको मात्र चासोको विषय रहेको रहेछ भने अन्य दलहरुले नयाँ ढंगले सोच्ने होकि भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् ।

गत असारमा भारतीयहरुको कम्फोर्टेवल सरकार बनाउनका लागि एमाले नेतृत्वको सरकारलाई सत्ताच्युत गरेर नाटकीय ढंगले नेकां नेतृत्वको सरकार जसरी बनाइएको थियो, त्यो पाँच दलीय गठबन्धनका घटकहरुका लागि ज्यादै महँगो परेको देखिएको छ ।

पछिल्लो समयमा उनीहरुले विवादास्पद अमेरिकी योजना एमसीसी जसरी नाटकीय ढंगले नेपालको संसदबाट पारित भएको घोषणा गराउन सफल भएका थिए, त्यो पनि उनीहरुका लागि यो निर्वाचनमा अभिषाप सिद्धहुँदै गएको देखिन्छ ।

पाँच दलीय गठबन्दनको मुख्य बिषय भनेकै नेपाली कांग्रेसलाई कसरी बहुमत ल्याउनबाट रोक्ने र सधै बाम पार्टीहरुको हैकममा चल्न बाध्य बनाउने भन्ने हो । नेपाली कांग्रेसका सभापति देउवा आफैले नेपाली कांग्रेसको अबमूल्यन गर्दैगएको देखिएको छ ।

किनकी उहाँलाई नेपाली कांग्रेसका जनहरुले आफ्नो राजनीतिको संरक्षक र पार्टीको सभापति भनेपनि माओवादी केन्द्रका अध्यक्षले देउवालाई बामपन्थी भएको बताइसक्नु भएको छ ।

नभन्दै पछिल्ला घटनाक्रमहरुले के देखाएका छन्भने नेकांका सभापति तथा प्रधानमन्त्रि देउवा नेकांका नेता तथा कार्यकर्ताका भन्दा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतको पक्षमा देखिंदै जानुभएको छ । समय अझै बाँकी छ ।

त्यसैले नेकांलगायतका पाँच दलीय गठबन्दनका घटकहरुले आकस्मिक निर्णय गरेर आआफ्नो पार्टी अलग रहने शर्तमा एमालेले गरेजस्तै नेपाली कांग्रेसको चुनावी चिन्ह र संयुक्त घोषणापत्र प्रयोग गर्ने निर्णयगर्नु उचित हुने देखिएको छ ।

आगामी निर्वाचनको मत परिणाम जे भएपनि कम से कम नेकांको चुनाव चिन्ह र संयुक्त घोषणापत्रको प्रयोगले पाँच दलीय गठबन्दनका बिभिन्न घटकका नेता तथा कार्यकर्ताहरुका बीचमा रहेका र भाबि दिनमा देखापर्न सक्ने अन्योल अनिश्चितताहरु हट्ने छन् ।

देशभरका पार्टी समितिहरुमा आन्तरिक कलह कम भएर जाने छ । आगामी ३० गते हुने भनिएको निर्वाचनका सन्दर्भमा सबैले बिचार गर्नुपर्ने यो महत्वपूर्ण पक्ष भएको छ ।