
काठमाडौँ, १ वैशाख । देशकै सबै भन्दा ठूलो पार्टी नेकपा (एमाले) को संगठित सदस्य संख्या ११ लाख नाघेको छ ।
२०७८ चैत मासन्तसम्ममा पार्टीको संगठित सदस्यहरुको संख्या ११ लाख नाघेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
यससँगै एमालेको संगठित सदस्य ११ लाख ३ हजार ७ सय ४३ जना पुगेका छन् ।
यद्यपि पछिल्लो समयमा एमालेप्रतिको क्रेजले देशैभरबाट प्रवेश गरेकाहरुको जोड्दा सदस्य संख्या अझ बढ्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले जनाएका छन् ।
स्थानीय निर्वाचन निजिकिएसँग विशेषगरी माओवादी केन्द्र, काँग्रेस, जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढ्को छ । यसलाई मध्यनजर गर्दा १३ लाख बढी एमालेको संगठित सदस्य हुने आंकलन गरिएको छ ।
एमालेको १०औँ महाधिवेशन सम्पन्न हुने बेला मंसिरमा सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको थियो । यसबीचमा २ लाख ५० हजार भन्दा बढी सदस्य थपिएका छन् ।
संगठित सदस्यमा करिब ५० प्रतिशत बढी युवा जनसशक्ति रहेको बताइएको छ ।
एमालेपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या ८ लाख ७० हजार रहेको पार्टीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
यद्यपि कांग्रेसले केही थपिएकाहरुको सूची अद्यावधिक गर्ने क्रममा रहेको जनाएको छ ।
कांग्रेसमा २५ वर्षसम्मका ५ प्रतिशत र ४० वर्ष सम्मका ३० प्रतिशत क्रियाशील सदस्य रहेका छन् ।
त्यस्तै, माओवादी केन्द्रको पनि संगठित सदस्य संख्या ७ लाख ५० हजार पुगेको दावी गरिएको छ । तर माओवादी आफ्नो सदस्यहरुको जानकारी आधिकारिक रुपमा वेबसाइट वा कतै सार्वजनिक गरेको छैन ।















प्रतिक्रिया