काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब पुगेका एक पुरुषको टाउको काटेर मृत्युदण्ड सजाय दिइएको छ । हत्याको अभियोग लागेर मृत्युदण्डको सजाय पाएका ति युवकलाई साउदी प्रशासनले टाउको काटेर निर्मतापूर्वक हत्या गरेको हो ।
टाउको काटिएका पुरुष भारतीय नागरिक हुन् । साउदी अरबको गृह मन्त्रालयले जनाएअनुसार हत्या अभियोग लागेका एक भारतीय नागरिकसहित दुर्इजनाको शिर काटेर मृत्युदण्ड दिएको हो ।
वैदेशिक रोजगारीमा कामदार बनेर साउदी गएका भारतीय नागरिक सजदा अन्सारीले सुतिरहेका आफ्ना साउदी मालिकबाट सम्पत्ति लुट्ने लुट्ने क्रममा हथौडाले हानेर हत्या गरेको अभियोग लागेको थियो ।
साउदीकै अर्का व्यक्ति मातेर अल-रोभइलीलार्इ पनि उनकी पत्नी र दुर्इ छोराछोरीको हत्या गरेको अभियोगमा साउदी सरकारले शिर काटेर मृत्युदण्ड दिएको छ । एजेन्सी















प्रतिक्रिया