
काठमाडौँ, ३० चैत । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको नजरमा माओवादी सकिएको स्वीकर गरेका छन् ।
अध्यक्ष प्रचण्डको मात्रै पोष्टर राख्दा जनताले तिरस्कार गर्ने देखिएपछि कुलमानको फोटो राखिएको बताइएको छ ।
खुमलटार स्रोतका अनुसार आफूलाई जनताले मन पराउन छाडेको भन्दै प्रचण्डले नै कुलमानको फोटो राखेर पोष्टर बनाउन निर्देशन दिएका थिए ।
प्रचण्डले आफ्नो कुरा बिक्न छाड्यो, अव कुलमानलाई उपयोग गरौं भन्दै कुलमानको फोटो प्रयोग गरिएको बताइएको छ । तर कुलमानले मिडियामार्फत नै आपत्ति जनाएका छन् ।
माओवादीको शीर्ष नेताको अवस्था दयनीय बनेपछि कुलमान घिसिङको फोटो चुनावी प्रचारमा प्रयोग भएको खुलेको छ ।
प्रचण्डलगायत माओवादीका नेताहरुले आफ्नै चरित्र र कुकर्मले वदनामी कमाएपछि कुलमानको फोटो प्रयोग गर्नुपर्ने स्थिति आउनुले माओवादीको अस्तित्व जनताबाट लोप हुन थालेको आंकलन गर्न सकिन्छ ।
फानेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले आफ्नो तस्वीर अनुमतिविना चुनावी पोस्टरमा राखेको भन्दै आपत्ति जनाएपछि यो तथ्य उजागर भएको हो ।
वुधबार विहान माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो ।
पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो ।
यो पोष्टर प्रचण्डसहित माओवादीका सवैजसो नेताले शेयर गरेका छन् । पोस्टर शेयर भएपछि कुलमानले भने आपत्ति जनाएका छन् ।
‘यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ घिसिङले भनेका छन् ।















प्रतिक्रिया