२८ आश्विन २०८३, बुधबार

माधव नेपाल टिमको घोषणा शनिबार, को-को लड्दैछन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP oli

काठमाडौं । आगामी महाधिवेशनका लागि समूह नै बनाएर एमालेका नेताहरु विभाजित बनेका छन् । यसैक्रममा अध्यक्षका आंकाक्षी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शनिबार उम्मेदवारी घोषणा गर्दैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार विशेष कार्यक्रम गरी नेपाल समूहले उम्मेदवारी घोषणा गर्न लागेको हो । अध्यक्षमा वरिष्ठ नेता नेपाल, उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली तथा महासचिवमा सुरेन्द्र पाण्डेको नाम सार्वजनिक हुन लागेको हो । सचिवका आंकाक्षी भने धेरै भएकाले गोकर्ण विष्ट, प्रकाश ज्वाला लगायतको मात्र नाम सार्वजनिक हुने सम्भावना छ ।

नेपाल समूहबाट विष्ट र ज्वालाका साथै घनश्याम भुसाल, रघुजी पन्त, श्रीमाया थकाली लगायतले आकांक्षा देखाएका छन् ।

नेपाल पक्षबाट शनिबार पदाधिकारीका केही पदहरुको मात्र उम्मेदवारी घोषणा हुने सम्भावना रहेको युवा नेता एवं केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्षका अर्का दावेदार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको समूहबाट भने उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा इश्वर पोखरेलको नाम सार्वजनिक भइसकेको छ । उपाध्यक्षमा विद्या भण्डारी र प्रदीप नेपाल, सचिवमा शंकर पोखरेल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुंग, रघुवीर महासेठ लगायतका नेताहरु ओली समूहबाट लड्दैछन् ।

सचिवका आकांक्षी पृथ्बी सुब्बा गुरुंगले भने बन्दसत्रको हलमा समूह बनाएर लड्नु उचितै भएपनि अहिल्यै टिम बनाएर नेताहरु छुट्टाछुट्टै भेला र टिम घोषणा गर्नु उचित हुने बताउनुभयो ।

एमालेको नवौं महाधिवेशन आगामी असार १९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।