काठमाडौं, १० वैशाख । राजधानी काठमाडौंमा जारी एएफसी यू–१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गर्दै साविकको विजेता नेपाल फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गरेको हो ।खेलको ४६ औं मिनेटमा नेपालका लागि निर्मला उपाध्यायले गरेको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो । खेलमा नेपालले भारतलाई दबाबमा राख्दै थप गोलको प्रयास गरेको थियो ।
भारतबाट कुनै गोल नभएपछि नेपाल विजयी भएको हो । नेपालले अब च्याम्पियनसिप उपाधिका लागि बंगलादेश र इरानबीचको विजेतासँग फाइनलमा भिड्नेछ ।
















प्रतिक्रिया