२९ आश्विन २०८३, बिहिबार

अर्थतन्त्र संकटमा परेको संकेत, मुलुकको चालू खाता पनि घाटामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड मात्र रहेको छ ।

२०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव २ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकसहितसँग रहेको विदेशी मुद्रामा भने २०७८ फागुन मसान्तसम्ममा १६ दशमलव ३ प्रतिशतले कमी आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव ५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ, आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले समाचार लेखेका छन् ।