७ कार्तिक २०८३, शनिबार

विष्णु रिमालको प्रश्नः पैसा कहाँ छ सरकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ चैत । नेकपा एमालेका नेता विष्णु रिमालले सरकारलाई पैसा कहाँ छ भनि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत रिमालले देशमा आयात बढ्नु, विप्रेषण घट्नु, बजारबाट नेपाली रुपैयाँ गायब हुनुको कनेक्सन कहाँ छ भनि प्रश्न गरेका हुन् । त्यस्तै, उनले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा अर्थमन्त्रीमाथि सिरानीमुनिको पैसा कहाँ छ भनि टिप्पणी गरेका हुन् । उनले अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

यस्तो छ रिमालको कटाक्षः

पैसा कहाँ छ सरकार ?
– आयात बढ्नु,
– विप्रेषण घट्नु,
– बजारबाट नेपाली रुपैंया गायव हुनु
यसको कनेक्सन के हो?
– हुण्डी कारोबारीले डलर ’उतै’ खरीद गरी माल÷वस्तु आयात गर्नु
– डलर बराबरको नेपाली रुपैंया ’यतै कतै’ जम्मा गर्नु
– डलर बेच्नेले पाउनु पर्ने नेपाली रुपैंया स्रोत खुलाउनु पर्ने कारण बैंकमा जम्मा गर्न नसक्नु
के यस्तो हुन सक्छ?
गभर्नर निलम्बन गर्नु अघी अर्थमन्त्रीको भनाई पढ़ेको थिए–
“तकिया मुनीको पैसा खोज्दैछु !“
– खोजी कहाँ पुग्यो?
– पैसा कता छ?
– सिरानमुनी वा काखीमुनी?
जवाफ दिनु पर्दैन ?