७ कार्तिक २०८३, शनिबार

लुना रेष्टुराँ एण्ड बारको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । लुना रेष्टुराँ एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । लुना रेष्टुराँ एण्ड बारले स्थापनाको दुई वर्ष पुरा गरि तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रेष्टुराँले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रमको आयोजना गरेको रेष्टुराँका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए ।

रेष्टुराँका प्रबन्ध निर्देशक महर्जनका अनुसार रगतको अभावमा कोही कसैले अकाल मै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले लुना रेष्टुराँ एण्ड बारले आफ्नो वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिने बताए ।

रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटि काठमाडौं शाखाले गरेको थियो ।